कैलालीको लम्कीमा भारतीय एम्बुलेन्स दुर्घटना हुँदा किशोरीको मृत्यु

कैलाली | जेठ १, २०८१

कैलालीको लम्कीमा भारतीय एम्बुलेन्स दुर्घटना हुँदा किशोरीको मृत्यु

टीकापुर:   कैलालीको लम्कीमा भारतीय एम्बुलेन्स दुर्घटना हुदाँ किशोरीको मृत्यु भएको छ । 

 

मृत्यु हुनेमा बर्दियाको राजापुर नगरपालिका–९ की १८ वर्षीया अञ्जली परियार रहेकी छिन् ।

 

लम्की चुहा नगरपालिकाको धोबेनी खोला नजिक भारतको नैनितालका ५० वर्षीय प्यारेलालले चलाएको यूके ०४ पिए १९०५ नम्बरको भारतीय एम्बुलेन्स आज बिहान दुर्घटना भएको थियो ।

 

भारतको हल्द्वानीबाट उपचार गरी बर्दिया फकिएको एम्बुलेन्समा चालकसहित ६ जना सवार थिए । दुर्घटनामा परि अञ्जलीको मृत्यु भएपनि अन्य ५  जना सकुसल रहेको बताइएको छ ।

 

हाल एम्बुलेन्स  चालक प्यारेलाललाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्